क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भन्नुभयाे : सरकारले उचित सम्मान गर्नेछ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिनुभएको छ ।

काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले बधाई दिनुभएको हो ।

‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री प्रचण्डले ट्विट गर्दै भन्नुभएको छ, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

कीर्तिपुर खेल मैदानमा वर्षाको कारण कुवेतसँगको खेल रद्द हुँदै नतिजा विहीन बन्दा नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको थियो ।

एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले हार्दिक बधाई व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

— PMO Nepal (@PM_nepal_) April 29, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?