कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ५१ जनामा संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।

आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् ।

यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसीयू) मा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?