ग्रीसको सहायता टोलीका पाँच सदस्यको लिबियामा मृत्यु

Read Time = 2 mins

एथेन्स । डेर्नामा आएको विनाशकारी बाढीपछि लिबिया पठाइएको ग्रिक मानवीय सहायता टोलीका पाँच सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको ग्रीसको सेनाले सोमबार जनाएको छ । ‘सहायता टोलीमा रहेका ग्रीक सेनाका तीन अधिकारी र ग्रीसको विदेश मन्त्रालयका दुई अनुवादकसहित पाँचजनाको शव सोमबार एथेन्स फर्काइनेछ’, ग्रीसका चिफ अफ स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लिबियाली अधिकारीले आइतबार बेन्गाजीबाट पूर्वतर्फ ३०० किलोमिटर (१८५ माइल) टाढा डेर्नातर्फ जाँदै गरेको ग्रिक टोली दुर्घटनामा परी चारजनाको मृत्यु भएको बताएका थिए ।

लिबियाका स्वास्थ्यमन्त्री ओथमान अब्देलजालिलले ग्रिक टोलीका १९ जना सदस्य बोकेको गाडी लिबियाली परिवार बोकेको कारसँग ठोक्किँदा दुर्घटना भएको बताउनुभएको छ । उहाँका अनुसार कारमा सवार तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

घाइते भएका ग्रिक गाडीमा सवार अन्य १४ सदस्यमध्ये एक जनाबाहेक सबैलाई उपचारका लागि ग्रीस फर्काइएको छ । लिबियामा घाइते भएका एक व्यक्तिलाई ग्रीस फर्कन नदिएपछि अस्पताल भर्ना गरिएको सेनाले जनाएको छ । ग्रीसले आइतबार लिबियामा डेनियल आँधीपछि आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा मानवीय सहायता पठाएको थियो । उक्त सहायतामा मेडिकल र नर्सिङ स्टाफका साथै मेडिकल सामग्री र खाद्यान्न पनि समावेश थियो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?