रास्वपा संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले दिए राजीनामा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिनुभएको छ ।

शनिबार बसेको संसदीय दलको बैठकमा अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाउनु भएको हो ।

पार्टीका सभापति रवि लामिछाने चितवन २ को उपनिर्वाचनबाट पुन: सांसद निर्वाचित भएसँगै अर्यालले राजीनामा दिनुभएको छ ।

मंसिर ४ को आमनिर्वाचनपछि सभापति लामिछाने संसदीय दल नेता चुनिनुभएको थियो । तर, सर्वोच्च अदालतको फैसलाबाट लामिछानेको सांसद पद गुमेपछि रास्वपाले अर्याललाई संसदीय दलको नयाँ नेता चयन गरेको थियो ।

सोमबार रास्वपाको संसदीय दलको बैठक बस्ने तयारी छ। बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ।

समाचार श्रोतका अनुसार अहिले उपनेता श्रेष्ठले नै उक्त जिम्मेवारी सम्हाल्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?