चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा

Read Time = 2 mins

काठमाडौं । चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरिएको छ । चलचित्र पत्रकार संघ नेपालले यो वर्ष (२०८०)को चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।

संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा आइतबार बसेको बैठकले यो वर्ष (२०८०) को ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८०’ श्रीराम सिग्देल र तुलसी गिरी ‘भावुक’लाई र ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०’ दीपज्योति थापा र कुबेर डंगोललाई दिने निर्णय गरेको छ । यो पुरस्कारको राशि जनही ५१ हजार रहेको छ ।

त्यस्तै यो वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०’ सृष्टि पोखरेल र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८०’ रवि अधिकारीलाई दिने निर्णय गरेको छ । प्रोत्सान पुरस्कारमा एउटा ल्यापटप र मोफसल पुरस्कारमा २५ हजार नगद रहेको छ ।

त्यस्तै संघले यसै वर्षबाट थपेको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’ शान्ति प्रियलाई दिने निर्णय गरेको छ । शान्तिप्रिय संस्थापक महासचिव तथा पूर्वअध्यक्ष पनि हुनुहुन्छ । रजत सम्मानमा ५५ हजार नगद राशि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?