स्वास्थ्य सुधार लागि विश्व बैंकको १० करोड डलर

Read Time = 3 mins

काठमाडौं । विश्व बैंकले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि १० करोड डलर अर्थात् १२ अर्ब ९१ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रममार्फत् उक्त सहयोग गर्ने भएको हो । १० करोड डलरमा ३८ लाख डलर अनुदान र बाँकी ऋण रहेको छ । कार्यक्रमअन्तर्गत खासगरी कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने, स्वास्थ्य बीमासम्बन्धी जनचेतना फैलाउने र आपत्कालीन अवस्थामा आवश्यक पर्ने स्वास्थ्य संयन्त्रको विकास गरिने विश्व बैंकले जनाएको छ ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्दा नेपाललाई उत्पादकत्व वृद्धि गर्न, स्वास्थ्यको अवस्था सुधार गर्न र आर्थिक वृद्धिदरमा सकारात्मक सुधार ल्याउनसमेत सहयोग पुग्ने विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक फेरिस हडार्ड जभोसले बताउनुभएको छ । विश्व बैंकले सञ्चालन गर्ने उक्त कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा केन्द्रीय, प्रादेशिक तथा स्थानीय सरकारमा सञ्चालन हुँदै आएका स्वास्थ्य बीमा बोर्ड र नेपाल स्वास्थ्य क्षेत्र विकास रणनीतिक योजना २०२२-२०३० मा आधारित रहने बताइएको छ ।

विश्व बैंकका अनुसार कार्यक्रमले आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा विस्तारका लागि ३८ लाख ४० हजार डलर अर्थात् ४९ करोड ५९ लाख रुपैयाँ बराबरको ‘हेल्थ इमर्जेन्सी प्रिपेडनेस एण्ड रेस्पोन्स ट्रष्ट फण्ड’ स्थापना गर्नेछ । जसअन्तर्गत आपत्कालीन अवस्थाका लागि आवश्यक स्वास्थ्य प्रणाली निर्माण गर्न, प्रभावित क्षेत्रमा दु्रतगतिमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि सो कोषको रकम प्रयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?