जुवातास खेलिरहेको अवस्थामा १२ जना नगदसहित पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कैलाली । धनगढी उपमहानगरपालिका-२ बैयावेहडी बस्ने ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?