पोखराबाट १७ वर्षीय किशोरले बस चोरेपछि…

हिमालय टाइम्स

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । पोखराबाट एक किशोरले बस चोरी गरेका छन्। पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरि राखिएको बस एक जना किशोरले चोरि गरेका हुन्।

शुक्रबार ग१ख ९६३८ नम्बरको बस चोरेर लैजादै गर्दा प्रहरीले ती किशोरलाई चितवनबाट पक्राउ गरेको हो।

बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थालेकोमा चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरिएको हो।

उनको परिचय प्रहरीले गोप्य राखेको छ। उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?