बैंकविरुद्ध व्यवसायी सडकमा

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायतका व्यावसायिक संगठनले शुक्रबार काठमाडौंमा बैंकविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

व्यवसायीका नौ महासंघ र ३८ संघहरूले संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्न बाध्य भएको जनाएका छन् । उद्योगी व्यवसायीमा रहेको सिण्डिकेट अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलनमा उत्रिनुपरेको आन्दोलन कार्यक्रममा संयोजक नरेश कटुवालले बताउनुभएको छ ।

विरोध कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंक आतंक बन्द गर्न र गरिखान दिन आवाज उठाएको बताउनुभयो । देशका उद्योगी व्यवसायीको माग सम्बोधन हुन सबै व्यवसायी प्रेम आचार्य नै बन्नुपर्ने अवस्था अन्त्य हुुनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले नेपालीहरूले नेपालमा नै गरिखान पाउनुपर्ने बताउनुभयो । व्यापारीले आठ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पु¥याउँदासमेत चुप लागेर बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने भन्दै उहाँले बैंकर्स र वित्तीय संस्था सामन्ती बनिरहेको आरोपसमेत लगाउनुभयो ।

व्यवसायीले कोरोना महामारीलगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीका कुनै पनि माग सम्बोधन नगरेको भन्दै उद्योग, व्यापारमा रहेको सिण्डिकेट अन्त्य र बैंकहरूको ज्यादतीविरुद्ध थप आन्दोलनको चेतावनीसमेत दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?