यज्दीको नयाँ मोटरसाइकल

Read Time = 1 min

काठमाडौं । अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक बिक्रेता अग्नि मोटोइन्कले यज्दी मोटरसाइकल सार्वजनिक गरेको छ । भारतीय मोटरसाइकल उद्योगमा एक प्रतिष्ठित यज्दी सन् १९७० देखि सञ्चालनमा रहेको छ । यज्दी मोटरसाइकल रोडस्टर, स्क्याम्बलर र एडभेन्चर मोडलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सबै मोडलमा शक्तिशाली ३३४ सिसी, सिंगल सिलिण्डर, चार स्ट्रोक, लिक्विड-कुल्ड, डिओएचसी इञ्जिन रहेका छन् भने मोटरसाइकलको मूल्य नौ लाख १६ हजारदेखि नौ लाख ९८ हजारसम्म रहेको कम्पनीले जनाएको छ ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले भन्नुभयो, ‘हामी प्रिमियम मोटरसाइकलको नवीनतम रेन्ज लन्च गर्न पाउँदा हर्षित छौँ, जसले हाम्रो ब्राण्डको विश्वस्तरीय उत्पादन नेपाली दर्शकमाझ पुर्‍याउने र हाम्रो उपभोक्ताको अपेक्षा पूरा गर्ने र उद्योगको मापदण्ड परिपूर्ति गर्ने कुरामा हामी विश्वस्त छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?