महाकाली करिडोरको ट्र्याक खुलाउने कार्यले गति पाउँछ : लेखक

हिमालय टाइम्स
Read Time = 3 mins

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्र्याक खुलाउने कार्यले अब गति पाउने बताउनुभएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका कांग्रेस नेता लेखकले विगतमा सरकारको उदासिनताका कारण निर्माणमा ढिलाइ भएको बताउँदै अब डेढ वर्षभित्र करिडोरको ट्र्याक खुलिसक्ने दाबी गर्नुभयो । करिडोरको शून्य बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा आइतबार स्थलगत अनुगमन गर्ने क्रममा उहाँले रूख कटान अनुमतिकै कारण योजनाको काम विगतमा प्रभावित रहेको बताउनुभयो । अहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्म नै करिडोरको ट्र्याक खुलाउन रूख कटानलगायत अरू कामको अनुमति दिइसकेको अवस्था रहेको भन्दै नेता लेखकले कञ्चनपुरबाट आउँदो दशैँमा डडेल्धुराको जोगबुढा क्षेत्रमा यही ट्र्याकबाट पुग्ने बताउनुभयो ।

करिडोरको शून्य बिन्दुदेखि १५ किलोमिटर ट्र्याक खुलाउने काम ठेक्का सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि रूख कटानको अनुमति नहुँदा अलपत्र थियो । नेता लेखककै पहलमा रूख कटान अनुमतिलगायत यहाँका ठूला विकास निर्माण आयोजनाको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह भएको थियो । करिडोरको ट्र्याक खुलेलगत्तै सडक कालोपत्रे गर्ने चरणमा जाने बताउनुभयो । उहाँले बैतडी दार्चुला लगायतका जिल्लामा पनि करिडोरको निर्माणको अल्झन हटिसकेको बताउँदै आयोजनाका लागि बजेटको कमी नहुने बताउनुभयो ।
यसैगरी, महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले वन कार्यालयले रूखमा टाँचा लगाउन सुरु गरेसँगै काम अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार नेपाल-भारत र चीनसँग जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्र्याक खुलेको छ ।

करिडोरअन्तर्गत ४२५ किलोमिटर ट्र्याकमध्ये केही भाग (दार्चुलामा) नेपाली सेनाले ट्र्याक खोलिरहेको छ । करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?