दिनभर जसो बर्षा हुने, खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन्– विभाग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज दिनभरी जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवाश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।

‘देशैभरका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखिको मौसम बदली मंगलबार पनि उस्तै हुनेछ । ‘मंगलबार पनि पहाडी क्षेत्रमा बर्षा हुनेछ भने तराईमा केही मात्रामा घटदै जानेछ, बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा हुने देखिन्छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार बुधबारदेखि भने केही बर्षावाला मौसम कमजोर हुँदै जानेछ ।

नेपाल र स‌ंयुक्त अरब इमिरेटस युएईका बीचमा सोमबार पुरा हुन नसकेको खेल आज हुँदैछ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाईरहेको बखतमा पानी पर्न सुरु गरे पछि रोकिन पुगेको थियो । रोकिएको उत्त खेल सुरु गर्न पंतिक्षा गरे पनि पानी नरोकिए पछि दिउँसो ३ बजे पछि आजसम्मका लागि स्थगित हुन पुगेको हो । जुन खेल आज ९ बजेवाट सुरु हुँदैछ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्यारूसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?