मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर । छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ ।

मोरङको रंगेली नगरपालिका-५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रि भई दुर्घटना हुँदा पछाडी बसेकी आमाको मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा हुदाँ आमा मानकीदेवी साहको मृत्यु भएको हो । उाहाँकाअनुसार गम्भीर घाइते भएकी ५० बर्षिया मानकी देवीको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधवार राति निधन भएको हो ।

दुर्घटना पछि छोरा २९ वर्षीय दिनेशकुमार साहले उपचारका लागि आमालाई अस्पताल लगेका थिए । उक्त दुर्घटनामा आमा मानकीदेवीको मृत्यु भए पछि छोरामाथी भने अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?