महारानी एलिजाबेथको अन्तिम संस्कार सम्पन्न

Read Time = 2 mins

ल्ण्डन । महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सम्पन्न भएको छ । उहाँको सोमबार विशेष सम्मानका साथ अन्तिम संस्कार सम्पन्न भएको हो । उहाँको सवलाई रोयल गार्ड्सको परेडको साथ वेष्टमिन्स्टर एबेमा लगिएको थियो ।

उहाँको कफिनमा ब्रिटेनको राष्ट्रिय झण्डा ओडाइएको थियो । त्यसको माथि साम्राज्यको स्टेट श्रीपेच राखिएको थियो । शाही नौसेना नाविकहरूले बन्दुकको बग्गी तानेर लगेका थिए । अन्त्येष्टिमा सहभागी हुन महारानीका सबै पूर्वप्रधानमन्त्रीहरू, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनलगायत सयौं व्यक्तिको उपस्थित थियो ।

वेष्टमिन्स्टर ऐब्बेमा महारानीको जन्म भएको थियो । त्यहीँ उहाँको १९४७ मा विवाह भएको थियो । सोही स्थानमा सन् १९५३ मा राज्याभिषेक भएको थियो । सोही स्थानमा सोमबार उहाँको अन्त्येष्टि समारोह भएको हो ।

सेप्टेम्बर ८ मा ९६ वर्षको उमेरमा स्कटल्याण्डमा उहाँको निधन भएको थियो । शाही परम्परा अनुसार रानीको मृत्यु भएको १० दिनपछि अन्त्येष्टि गरिएको हो । विश्वभरका राष्ट्र प्रमुखहरूले महारानी एलिजाबेथ-द्वितीयलाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?