स्पेनिस ला लिगाः बार्सिलोनाको संघर्षपूर्ण जीत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगाको शीर्षस्थानको बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ ।

घरेलु मैदानमा बार्सिलोनाले कठिन संघर्ष पछि ओसासुनालाई १–० ले पराजित गरेको हो ।

स्पोटिफाई क्याम्प नोउमा मंगलबार राति भएको खेलको ८५औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई १–० को जीत निकाल्न सकेको हो । ७६औं मिनेटमा मैदान छिरेका अल्वाले फ्रान्की डि जोङको पासमा गोल गरे पछि बार्सिलोनाले पराजय वा बराबरी भोग्न नपरेको हो ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक बटुलेको छ भने पराजित ओसासुना ३३ खेलबाट ४४ अंक जोडेर नवौं स्थानमा सिमित छ ।

यस जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । अब अर्को खेलमा स्पान्योललाई हराउन सकेको खण्डमा उ बिजेता बन्नेछ । बार्सिलोना २०१८–१९ को सिजनपछि ला लिगाको पुनः च्याम्पियन बन्ने लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?