जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारवाही गरिनुपर्छ: महेश बस्नेत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताउनु भएको छ ।

एमाले सचिव एवं तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि बस्नेतले नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषीलाई कारबाही गर्न दलहरु एक हुनुपर्ने बताउनु भएको छ । साथै एमाले ,काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाही गरिनुपर्ने उहाँको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुकमा नेता बस्नेतले लेख्नुभएको छ– नक्कली भुटानी सरणार्थी प्रकरणमा संलग्न सबैलाई कार्बाही गर्ने कुरा उचित छ । नक्कलि लडाकु ,बालुवाटार , वाइडबडी लगायत सबै दोषिलाई कार्बाहि गर्न दलहरु एक हुनुपर्दछ । एमाले ,काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाहि गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?