बक्सिङको प्रारम्भिक छनोट सम्पन्न

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । महिला ५० केजी तौल समूहको फाइनल खेलमा बागमती प्रदेशकी अस्मिता दुवालले ४ः३ अंकका आधारमा लुम्बिनी प्रदेशकी माया केसीलाई पराजित गर्दै छनोट हुन सफल हुनुभयो ।

यसैगरी महिलातर्फ ५४ केजी तौल समूहमा सशस्त्र प्रहरीकी सञ्जुमाया थिङलाई ५ः० अंकका आधारमा नेपाल आर्मीकी मिनु गुरुङले जित हासिल गर्दै छनोट हुन सफल हुनुभयो । महिलातर्फ ५७ केजी तौल समूहमा सशस्त्र प्रहरीकी निता गोसाईलाई ५ः० अंकका आधारमा नेपाल आर्मीकी चन्द्रकला थापाले जित हासिल गर्दै छनोट हुन सफल हुनुभयो ।

त्यसैगरी ६० केजी तौल समूहमा सशस्त्र प्रहरीकी शर्मिला तामाङलाई आरएसी-आईका आधारमा नेपाल आर्मीकी वर्षा श्रेष्ठले जित हासिल गर्दै छनोट हुन सफल हुनुभयो । ६६ केजी तौल समूहमा सशस्त्र प्रहरीकी माया चौधरीलाई ५ः० अंकका आधारमा नेपाल आर्मीकी निरु गुरुङले जित हासिल गर्दै छनोट हुनुभयो ।

त्यसैगरी महिला ७५ केजी तौल समूहमा नेपाल आर्मीकी संगीता दंगाललाई ४ः३ अंकका आधारमा सशस्त्र प्रहरीकी मनिता राईले जित हासिल गर्दै छनोट हुनुभयो । पुरुषतर्फ ५१ केजी तौल समूहमा नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई ४ः३ अंकका आधारमा नेपाल आर्मीका सुशील थापाले जित हासिल गर्दै छनोट हुनुभयो । ५७ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी पुरन सुनुवारलाई ५ः० अंकका आधारमा बागमती प्रदेशका बुद्ध ग्याम्जो लामाले जित हासिल गर्दै छनोट हुनुभयो ।

त्यसैगरी पुरुष ६३.५ केजी तौल समूहमा बागमती प्रदेश मकवानपुरका खेलाडी सोहन राईलाई ४ः१ अंकका आधारमा बागमती प्रदेशका खेलाडी मौसम रानामगरले जित हासिल गर्दै छनोट हुनुभयो । ७१ केजी तौल समूहमा लुम्बिनीका विकास रानामगरलाई आरएससीका आधारमा नेपाल आर्मीका खेलाडी दिपेश लामाले जित हासिल गर्दै छनोट हुनुभयो ।

पुरुष ८० केजी तौल समूहमा सशस्त्र प्रहरीका खेलाडी सुमन कार्कीलाई के-ओका आधारमा नेपाल आर्मीका खेलाडी दिपक श्रेष्ठले जित हासिल गर्दै छनोट हुनुभयो । ९२ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी महेन्द्र केसीलाई ५ः० अंकका आधारमा गण्डकी प्रदेशका खेलाडी दिपक सुनारले जित हासिल गर्दै छनोट हुनुभयो भने ९२+ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी आशिष दुवाडी छनोट हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?