‘अर्थतन्त्र मन्दीतर्फ गयो, संवेदनशील हुनुपर्‍यो’

हिमालय टाइम्स
Read Time = 3 mins

काटमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालको अर्थतन्त्र मन्दीतर्फ गएको भन्दै संवेदनशील हुन सरकार र नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिबिम्बित गरेको छ । पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको महासंघको भनाइ छ ।

महासंघद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुँदै गएको संकेत हो । महासंघले एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ तर सम्बन्धित निकायबाट पहल नहुँदा अर्थतन्त्रमा चाप परेकोततर्फ महासंघ गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

यस अवस्थामा सरकार र राष्ट्र बैंक संवेदनशील हुनुपर्ने आवश्यकता थप महसुस भएको भन्दै महासंघले अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्ने, उद्यमी व्यवसायीले काम गर्न नपाउँदा राजस्व पनि करिब १६ प्रतिशतले ऋणात्मक रहेकाले बजारमा माग बढाउन सरकारले अनावश्यक खर्च कटौती गरी पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएको छ ।

त्यसैगरी निजी क्षेत्रको लगानी विस्तार गर्न तत्काल ब्याजदर कम गर्ने उपाय केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने, केन्द्रीय बैंकले मुख्यतया नीतिगत दर, बैंकदर, अनिवार्य नगद अनुपात घटाउनेलगायत आवश्यक उपाय अवलम्बन गरी ब्याजदर घटाउन पहल गर्नुपर्ने महासंघको सुझाव छ । पुराना ऋणीले साँवाब्याज भुक्तानी गर्न नसक्दा बैंकको खराब कर्जासमेत करिब चार प्रतिशत पुगिसकेको भन्दै कर्जाको पुनर्संरचना एवं पुनर्तालिकीकरणको सुविधा दिइनुपर्ने बताइएको छ ।

महासंघका अनुसार नौ महिनायता लगातार सात प्रतिशतभन्दा बढी मूल्यवृद्धिदर रहँदै आएकाले आमउपभोक्ताको क्रयशक्ति क्रमशः घटिरहेको छ । निजी क्षेत्रले निर्वाध काम गर्न नपाउँदा सरकार र आमउपभोक्तासमेत सँगसँगै प्रभावित भइरहेकाले तत्काल सुधारको कार्य नथाल्ने हो भने अर्थतन्त्रको मन्दी लम्बिँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?