शहीद स्मारक ‘ए’ डिभिजन लिग :

जावलाखेलमाथि खुमलटारको जित, नेपाल पुलिस क्लबलाई हिमालयन शेर्पा क्लबले दुई-एकले पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एफसी खुमलटारले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्षस्थानमा जावलाखेल युथ क्लबमाथि चार-दुईको सानदार जित हात पारेको छ । खुमलटारको जितमा क्यामरुनी फरवार्ड स्टेफन समिर विनोङको हृयाट्रिक गर्नुभयो । त्यसबाहेक खुमटारका लागि मेसुके ओलोमोउले एक गोल थप्नुभयो । जावलाखेलका विनोद केसीले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलको २०औं मिनेटमा स्टेफनको गोलबाट खुमलटारले अग्रता लियो । ४३औं मिनेटमा रोहित सुब्बाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । पहिलो हाफको इन्ज्युरी समयमा स्टेफनले दोस्रो गोल गर्नुभयो । ५१औं मिनेटमा गोल गर्दै स्टेफनले हृयाट्रिक पूरा गर्नुभएको थियो ।

यस्तै, इञ्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा विनोल केसीले गोल गर्दै खेललाई तीन-दुई को स्थिति ल्याउनुभयो । इन्ज्युरी समयको छैटौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई चार-दुईको जित दिलाउनुभयो । यस जितसँगै खुमलटार १५ खेलबाट १७ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । पराजित जावलाखेल १५ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा यथावत् छ ।

यस्तै, अर्को खेलमा विभागीय नेपाल पुलिस क्लबलाई हिमालयन शेर्पा क्लबले दुई-एकले पराजित गरेको छ । शेर्पाको जितमा एवायोमी फकुन्ले र अमृत श्रेष्ठले गोल गर्नुभयो । पुलिसका सौजन राईले एक गोल फर्काउनुभयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १४औं मिनेटमा फकुन्लेले शेर्पालाई अघि बढाउनुभयो । ३०औं मिनेटमा सौजन याख्खा राईको गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । ५१औं मिनेटमा अमृत श्रेष्ठले गोल गर्दै शेर्पालाई दुई-एक को जित दिलाउनुभयो ।

यस जितसँगै शेर्पा १५ खेलबाट २० अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित पुलिस १५ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?