हिटाकर्मी अधिकारीलाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान’

Read Time = 3 mins

काठमाडौं । हिटाकर्मी गीता अधिकारीलाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ प्रदान गरिएको छ । अधिकारीलाई नेपाल चलचित्र नृत्य संघले काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको एक विशेष समारोहमा उक्त सम्मान प्रदान गरेको हो । ‘यहाँले चलचित्र पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान गरी मुलुकको गरिमा बढाउन अहं भूमिका खेल्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ । आफ्नो सीप, साधना एवं संकल्पमा अविचलित रही राष्ट्र सेवा गरेबापत यहाँलाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ बाट विभूषित गर्दछौं,’ सम्मान-पत्रमा भनिएको छ ।

संघले विश्व नृत्य दिवसको शुभ अवसरमा सो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि संलग्न रहनुभएका विशिष्ट कलाकर्मीलाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’बाट विभूषित गरिएको थियो ।

सम्मानित हुनुहुने अन्य व्यक्तित्वहरूमा डा. भोला रिजाल, बसुन्धरा भुसाल, दयाराम दाहाल, राजकुमार राई, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, सुमिना श्रेष्ठ, विकास चौधरी, अमृत भारती, अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, रोहित रुम्बा, ओम सुनार, अच्युत बजगाईं, शान्तिप्रिय, तारादेवी लिम्बू, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दीपेन्द्र खड्का, सुनिता भट्टराईलगायत रहनुभएको संघका सचिव लिलाधर भट्टराईले जानकारी गराउनुभयो । समारोह संघका अध्यक्ष जनकबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?