वर्षा र हिमपातका कारण घर फर्केका यार्सागुम्बा संकलक मौसममा सुधार आएसँगै फेरि हिमाली भेगतिर

फाइल तस्बिर

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 3 mins

बझाङ । वर्षा र हिमपातका कारण घर फर्केका बझाङका यार्सागुम्बा संकलकहरु मौसममा सुधार आएसंगै फेरी यार्सागुम्बा टिप्न हिमाली भेगतिर जान थालेका छन् । केही दिनयता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भूभागमा यार्सागुम्बा संकलनका लागि गएका स्थानीयहरू घर फर्किएका थिए । यार्सागुम्बा संकलकहरु फेरी मौसमा सुधार आएसंगै यार्सागुम्बा टिप्न हिमाली भेगतिर जान लागेका हुन् ।

गत हप्ता देखी बझाङका अधिकांश स्थानीय तहमा भारी वर्षा भइरहेको थियो । भने यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक भएको थियो । हिमतापका कारण यार्सागुम्बा संकलन गर्नमा समस्या हुने गरेको र त्यो ठाउँमा चिसोले बस्न नसकिएकाले घर फर्किएको छबिस पाथिभेरा गाउँपालिक ७ बुड्खोरिका प्रकाश धामीले बताउनुभयो । बिहीबार देखी मौसममा सुुधार भएर घाम लागेपछि फेरी यार्सा संकलनको लागि हिमाली भेगतिर जान लागेको उहाँले बताउनुभयो ।

खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उहाँको भनाई छ । ‘एक महिना यार्सागुम्बा संकलन गरेर राम्रै कमाइ हुने भएकाले मजदुरी गर्न भारत जानु नपर्ने स्थानीयको भनाइ रहेको छ ।
यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा सङ्कलनमा लेकतिर जाने गर्छन् ।

वर्षा र हिमपात भएपछि स्थानीयहरू आफ्नो ज्यानलाई जोखिममा पारेर घर फर्किरहेका स्थानियहरु हिमालमा परेको हिँउ नपक्लिदै फेरि हिमाल तिर जान थालेका छन् । जिल्लामा यो हप्तामा मात्रै यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर २ जनाको मृत्यु भएको थियो, भने एक जना महिला हिमपहिरोमा परेर बेपत्ता भएकी छन् । उनको खोजीकार्य जारी भइरहेपनि भएपनि अझै फेला पर्नसकेकी छैनन् । अस्तिसम्म उत्तठाउँमा हिउँ जमेको कारण खोजिकार्यमा अप्ठ्यारो भइरहेको भएपनि आज हिउँ पक्लिएकाले खोजिगर्न सहज भएको तर अझै फेला पार्न नसकिएको बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?