बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सत्ता गठबन्धनमा छलफल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा संसदमा आईतवार प्रश्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आईतवारबाट शुरु हुने बजेट अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले बताउनु भयो ।

उहाँले आईतवार बस्ने संसदको बैठकलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भएको पनि बताउनु भयो । उहाँले निजामति ऐन, संघीय शिक्षा ऐनका बारेमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनका दलका शीर्ष नेताको बैठक थियो, भोलिबाट संघीय संसदको बैठक चल्दैछ, त्यसलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भयो, भोलिको बैठकमा नै सरकारका सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्ने विषय छ, त्यसका बारेमा गठबन्धनको बैठक बसेको हो । अब व्यवस्थित रुपमा भोलि सदन शुरु गरेपछि कार्यक्रम अघि बढाउनेछौँ । विश्वासको मत लिने आवश्यक्ता छैन । विषयगत समितिलाई कसरी अघि बढाउने र सर्वोच्चमा प्रधानन्यायाधीशको नियुक्तिलाई कसरी अघि बढाउने भन्नेबारेमा छलफल भयो ।’

प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यक्ता नरहेको बताउनु भयो । उहाँले बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?