संवैधानिक परिषदको बैठक सोमबार बस्ने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसो भएको छलफलपछि संवैधानिक परिषद् बैठक डाकिएको हो । बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि पनि बैठक बसेको थियो । तर, कुनै निचोड निस्किएको थिएन ।

यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका थिए ।

संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ । सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?