समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमको भुमिका जरुरीः प्रधानमन्त्री

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।

आईतवार गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अँध्यारोबाट शिक्षा लिएर उज्योतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहीत गर्नुपर्ने बताउनु भयो । उहाँले गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाईमा लैजान सकिन्छ भन्नेकुरालाई उच्च प्राथमिकता दिन जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले सामाजिक सद्भाव र संस्कृतिलाई विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रुपमा लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले विज्ञानले गरेका कामलाई आत्मसाथ गर्दै त्यसको सही सदुपयोग गर्न र युग सापेक्ष बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सूचनाको विकासका दृष्टिले र राष्ट्रिय एकता समाजमा एउटा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न पनि सरकारी सञ्चारमाध्यमहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने आवश्यक्ता छ । हामी उज्यालोतिर हेर्ने अँध्यारोबाट शिक्षा लिएर उज्योतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहीत गर्नुपर्छ । गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाईमा लैजान सकिन्छ भन्नेकुरालाई उच्च प्राथमिकता दिन जरुरी छ । सामाजिक सद्भाव र संस्कृतिलाई कसरी हामीले विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रुपमा लैजान सकिन्छ ? त्यसमा ध्यान दिन जरुरी छ । आजको विज्ञान प्रविधिको युगमा विज्ञानले गरेका कामलाई आत्मसाथ गर्दै त्यसको सदुपयोग गर्दै युग सापेक्ष बनाउन जरुरी छ ।’

उहाँले गोरखापत्रको आन्तरिक सुधार र पुनः संरचना जरुरी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?