सुविच्छा कटेजलाई उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुरमा भएको तेस्रो भजहर कप फुटबल प्रतियोगिताको उपाधि सुविच्छा कटेजले जितेको छ । फाइनलमा बेली युवा क्लबलाई २–० ले हराउँदै सुविच्छा कटेजले उपाधि जितेको हो ।

थारुहरूको पर्व भजहरका अवसरमा हरेक वर्ष हुँदै आएको भजहर कपको तेस्रो संस्करणको उपाधि सुविच्छा कटेजले जितेको हो । श्री युवा जनहित क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता सुविच्छा कटेजले नगद एक लाख प्राप्त गरेको छ । उपविजेता बेली युवा क्लबले नगद ५० हजारसहित ट्रफी प्राप्त गरेको छ । विजयी खेलाडीहरूलाई कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पुरस्कार वितरण गर्नुभयो ।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै अगाडि बढाउनका लागि गरिँदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरूको पनि आयोजना गरिएको श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?