सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा भूमिकास्थान-२ तिरतिरे खोलाका ५५ वर्षीय पदम वेल्वासे, ३६ वर्षीय माधव वेल्वासे, ५२ वर्षीय घनश्याम वेल्वासे, ७२ वर्षीय पिताम्बर वेल्वासे र २६ वर्षीया अस्मिता वेल्वासे रहेका छन् ।
भूमिकास्थान नगरपालिका-२ तिरतिरे खोलामा लागेको आगो स्थानीय पदम वेल्वासेको घरमा सल्किएपछि आगो निभाउने क्रममा स्थानीय पाँच जना गम्भीर घाइते भएका छन् ।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालका अनुसार आगोले पदम वेल्वासेको घर जलेर नष्ट भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच