प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले सांसदहरूलाई जवाफ दिने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज प्रि बजेटका बारेमा सांसदहरूले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदै हुनुहुन्छ ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लाग्नुभएको हो ।

गत वैशाख २५ देखि प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदहरुले आा–आफनो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदहरुले उठाएका सवालको जवाफहरु भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए । गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रवार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भईसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?