इङवा हाइड्रोपावरको आइपीओ बाँडफाँट

Read Time = 1 min

काठमाडौं । इङवा हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट भएको छ ।  कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आइपीओ बिक्री खुला गरेको थियो ।

१२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि परेको आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को  योग्य आवेदन परेको थियो ।

योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?