प्रचण्डलाई बाबुरामको शुभकामना, दिए यस्तो प्रतिक्रिया

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा–२ बाट चुनाव लड्ने घोषणा गरेसँगै पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले जितको शुभकामना दिनुभएको छ ।

माओवादी पदाधिकारी बैठकले गोरखा-२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएलगत्तै भट्टराईले पनि प्रचण्डलाई ट्विटरमार्फत शुभकामना दिनुभएको हो ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा(२ बाट यसपटक क। पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गम थलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना !’

गोरखा-२ बाट चुनाव लड्दै आउनुभएका  डा. भट्टराईले केही दिन अघि मात्र यो पटक चुनाव नलड्ने घोषणा गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?