यौन दुव्र्यवहार मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

हिमालय टाइम्स
Read Time = 1 min

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन शोषणको एउटा प्रकरणमा दोषी ठहर भएका छन् । अमेरिकी संघीय अदालतले यौन शोषणको अभियोगमा उहाँलाई दोषी ठहर गर्दै ५० लाख अमेरिकी डलर जरिवाना तोकेको छ । ट्रम्पमाथि सन् १९९० मा एक महिला लेखिकामाथि यौन शोषण गरेको आरोप लागेको थियो ।

ट्रम्पले भने आफूमाथि लागेको आरोप हास्यास्पद र नाटकीय ढंगबाट गरिएको एक प्रपञ्चको रूपमा व्याख्या गर्दै आफू निर्दोष रहेको बताउँदै आउनुभएको थियो ।

केरौल नामका महिलाले गत वर्षको अक्टोबर महिनामा सामाजिक सञ्जालमा ९० को दशकमा आफूमाथि ट्रम्पले यौन शोषण गरेको खुलासा गरेपछि ट्रम्पमाथि छानविन सुरु भएको थियो । ट्रम्पविरुद्ध ती महिलाबाहेक अन्य दुई महिलाले पनि यौन शोषणको आरोप लगाएका थिए । उनीहरूले सन् १९७९ र २००५मा आफूहरूमाथि यौन शोषण गरेको आरोप लगाएका थिए ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?