धादिङमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका वडा नम्बर ८ स्थित निवुवामा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

आज विहिबार गल्छी-८ निवुवास्थित एक होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले धारिलो खुकुरी प्रहार गर्दा विनोद थापा मगर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो ।

हत्यामा संलग्न भएको आरोपमा पण्डितसहित ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सो घटनाको विरोध गर्दै स्थानीयबासिन्दाहरुले गल्छी-मैलुङ सडकखण्ड बन्द गराएका छन् । बन्दकर्ताले एउटा गाडीमा आगजनी समेत गरेका छन् ।

बन्द भएका सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?