सिटी होटलको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Read Time = 2 mins

काठमाडौ । सिटी होटलको आइपीओमा आवेदन दिने बिहीबार वैशाख २८ गते अन्तिम दिन रहेको छ । होटलले सर्वसाधारण लगानीकर्तालाई वैशाख २५ गतेदेखि आइपीओ निष्कासन खुला गरेको हो ।

यस कम्पनीको आइपीओमा लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

यस होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले पब्लिकका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमाध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ । ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५५ अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

यसैगरी बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । रेटिङ रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?