बागलुङ । पछिल्लो साढे दुई वर्षमा बागलुङमा सवारी दुर्घटनाबाट २९ जनाले ज्यान गुमाएका छन् । यस समयामा ४८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ८१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार हरेक वर्ष दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो छ । दुर्घटनाको कारण भने अव्यवस्थित ग्रामीण सडक बनेको छ । साँघुरा र अप्ठ्यारा सडकमा दैनिक सयौँ सवारी तथा मालवाहक गाडी गुड्ने गर्छन् । वर्षौँ अगाडि ट्रयाक खुलेका सडकको अहिलेसम्म पनि स्तरोन्नती हुन सकेका छैनन् । जिल्लामा तीन वटा राष्ट्रिय गौरवका आयोजना पर्छन् । त्यस मध्ये मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे खण्डको करिब आठ किलोमिटर बाहेक अन्य सबै कालोपत्रे भएको छ । कालीगण्डकी कोरिडोर र सालझण्डी-ढोरपाटन भने अहिलेसम्म स्तरोन्नतीसमेत हुन सकेका छैनन् ।
यि सडकमा दैनिक यात्रु जोखिम मोलेरै यात्रा गर्ने हुँदा दुर्घटना हुने गरेको छन् । वर्षेनी दर्जन नागरिकले दुर्घटनामा ज्यान गुमाउँदा पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । ट्राफिक प्रहरीले बजार क्षेत्रमा ट्राफिक नियमलाई कडाईका साथ लागु गरे पनि ग्रामीण क्षेत्रमा पुग्न सकेको छैन् । गाउँमा ट्राफिक नपुग्दा सवारी चालक अनुमति पत्र नभएका व्यक्तिले गाडी चलाउँदासमेत दुर्घटना हुने गरेको पाइन्छ । जिल्ला ट्राफिक कार्यालय बागलुङका ट्राफिक प्रमुख मीनबहादुर खड्काले साँघुरा सडक र चालकको लापरवाहीले दुर्घटना हुने गरेको बताउनुहुन्छ । अहिले जिल्लाका केही बजारी क्षेत्र बाहेक धेरै ठाउँमा ट्राफिक प्रहरीको पहुँच न भइको उहाँको भनाइ छ ।
“दुर्घटना न्यूनिकरण गर्नका लागि हामीहरु हरसम्भव लागि रहेका छौँ, तर सबैभन्दा बढी दुर्घटना गाउँका कच्ची सडकमा हुने गरेका छन्, सबै ठाउँमा ट्राफिक प्रहरी छैन, सीमित जनशक्तिले धेरै गाडीको चाप हुने ठाउँमा हेर्ने गरेका छौँ,” प्रमुख खड्काले भन्नुभयो - “कहिलेकाहीँ काँचो चालकले गाडी चलाउँदा पनि दुर्घटना भएको छ, भने कहिले मदिरा सेव गरि चलाउँदा घटना हुने गरेका छन्, हामीहरुले सचेत गराउने काम गरि रहेका छौँ, यात्रु, चालक र सडक प्रयोगकर्ता सबैलाई समय-समयमा सचेतना मुलक कार्यक्रम गरि दुर्घटना न्यूनिकरणका लागि काम गरेका छौँ ।”
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दुर्घटना हुनबाट जोगाउनका लागि पालिकाले अप्ठ्यारा र साँघुरा सडकलाई स्तरीकरण गरि रहेको बताउनुभयो । विगतमा सवारी दुर्घटना हुँदा धेरै नागरिकले ज्यान गुमाउनु परेको भन्दै पछिल्लो सडक सुधार भएपछि तमानखोला क्षेत्रमा केही कम भएको उहाँको भनाइ छ । अहिलेसम्म तमानखोला क्षेत्रमा ट्राफिक प्रहरीको व्यवस्थापन हुन नसकेको भन्दै बढी गाडीको चाप हुने ठाउँमा चेकजाँच गर्नु पर्ने उहाँ बताउनुहुन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७८/०८९ मा २९ वटा सवारी साधान दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने २९ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७९/०८० मा ३२ सवारी साधान दुर्घटनामा १३ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । चालु आर्थिक वर्षको हालसम्म आठ वटा सवारी साधान दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन् । जसमा १९ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरीले हरेक वर्ष राजश्व पनि बढाउँदै आएको छ । आर्थिक वर्ष २०७८/०८९ मा ६९ लाख ९८ हजार ५०० रुपैयाँ, आर्थिक वर्ष २०७९/०८० मा एक करोड १८ लाख १० हजार रुपैयाँ संकलन गरेकोमा चालु आर्थिक वर्षको हालसम्म ६७ लाख ३४ हजार ५०० रुपैयाँ संकलन गरेको प्रहरी प्रखम मीनबहादुर खड्काले जानकारी दिनुभयो । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी राजस्व संकलन हुने आँकलन गरेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच