प्रिमियर लिगः सिटी, युनाइटेड र चेल्सीको जित

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।

ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १–० ले पराजित गर्यो । खेलको ५५औं मिनेटमा ब्रुनोले गरेको गोलमा युनाइटेडले महत्वपूर्ण तीन अंक हासिल गर्यो ।

जितसँगै युनाइटेड चार खेलबाट ६ अंक बनाए सातौं स्थानमा छ । यता, चार खेलमा चार अंक जोडेको साउथह्याम्पटन १४औंं स्थानमा छ ।

अर्को रोमाञ्चक खेलमा एर्लिङ हाल्यान्डले ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४–२ को जित निकाल्यो ।

जोन स्टोनेसले खेलको चौथो मिनेटमा आत्माघाति र जोआचिम एन्डरसनले २१औं मिनेटमा गोल गरेपछि प्यासेस पहिलो हाफमा २–० अघि रह्यो ।

बर्नान्डो सिल्भाले ५३औं मिनेटमा गोल गर्दै अग्रता २–१ मा झारे । ६२औं मिनेट हाल्यान्डले गोल गर्दा खेल २–२ को अवस्थामा पुग्यो । यसपछि हाल्यान्डले ७०औं र ८१औं मिनेटमा ह्याट्रिक पूरा गर्दै सिटीको जित सुनिश्चित गरे ।

जितपछि सिटी ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेस ४ खेलबाट ४ अंक जोड्दै १३औं स्थानमा छ ।

यता, चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो । १० खेलाडीमा सिमित चेल्सीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?