दीपक–दीपाको सिनेमा हल सञ्चालनमा आउँदै

Read Time = 1 min

दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरिरहेको सिनेमा हल सञ्चालनमा आउनेभएको छ । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै निर्माण भइरहेको सिनेमा हल साउन १ गतेबाट सञ्चालनमा आउने भएको हो । साउन १ गते हल सञ्चालन गर्ने तयारीका साथ अहिले सिट जडान र पर्दा हाल्ने काम भइरहेको जनाइएको छ ।

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज र दीपाश्री लगायतको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो ।

दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहनेछन् । करिब १० करोड निर्माण लागत रहेको बताइएको छ । सिनेमा हलमा दीपकसँगै दीपाश्री, निर्मल शर्मासहति ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभाव रिमालको कम्पनीको लगानी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?