जिल्ला प्रशासन कार्यालय सप्तरीमा टोकन प्रणाली सेवा

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 3 mins

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबारदेखि टोकन प्रणालीमा सेवा सुरु गरिएको छ ।

सेवा प्रवाह सहज बनाउन उद्देश्यले राजविराज नगरपालिकाका कार्यवाहक मेयर ईसरत प्रवीण र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले संयुक्त रुपमा टोकन सेवा उद्घाटन गर्नुभएको हो ।

यो सेवासँगै अब दैनिक सेवाग्राहीले घण्टौँ लाइनमा बस्नुपर्ने छैन र टोकन प्राणालीबाट राष्ट्रिय परिचय पत्र, राहदानी, नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि सहितका सेवा सेवाग्राहीलाई प्राप्त हुने प्रमुख जिल्ला अधिकारी थापाले सेवा प्रवाह सहज बनाउन टोकन प्रणाली सञ्चालनमा ल्याइएको बताउनु भएको छ ।

विगतमा दुई जना बिचौलियालाई पक्राउ गरी मुद्दा चलाएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, बिचौलिया रहित सेवा प्रवाह गर्नमा यो टोकन प्रणालीले ठूलो भूमिका खेल्ने छु जिल्ला अधिकारी थापा भन्नुभो ।

यस्तै केही दिनमै शुद्ध खानेपानीको व्यवस्था गर्न लागिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी थापाले भन्नु भो , “कसैले कुनै पनि सेवा लिने/दिने नाममा कसैसँग कुनै बहानामा पैसा माग्छन् भने तुरुन्त खबर गर्नुस् या मेरो कार्यकक्षमा आउनुस्, त्यस्ता कर्मचारी वा जोसुकैलाई कारबाही गर्छु ।

कार्यक्रममा कार्यवाहक नगर प्रमुख परविनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई सहज बनाउन राजविराज नगरपालिकाले टोकन मेसिन सहयोग गरेको जानकारी दिनुभएको छ । आम जनताको सुविधाका लागि नगरपालिकाले उपहारस्वरूप मेसिन हस्तान्तरण गरेको बताउँदै यसबाट सेवाग्राहीले प्रभावकारी ढंगले सेवा पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

जिल्ला प्रशासनमा निरक्षर सेवाग्राही पनि आउने गरेकाले यहाँबाट प्रवाह हुने सेवा सम्बन्धमा डिजिटल चार्ट र त्यो सँगै मैथिली भाषाको अडियो बजाएर सेवाग्राहीलाई जानकारी गराउने काम पनि भइरहेको थापाले जानकारी दिनुभएको छ । जिल्ला प्रशासनबाट प्रवाह हुने सबै किसिमका सेवाको निवेदन निःशुल्क उपलब्ध रहेकाले कार्यालयमा आएर निःशुल्क सेवा लिन सेवाग्राहीलाई आग्रह समेत गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?