पाल्पाको रानीमहल बन्यो ‘बीच भलिबल’ को केन्द्र

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । नेपालको ताजमहल र ऐतिहासिक पर्यटकीय गन्तव्यका रुपमा रहेको पाल्पाको रानीमहल क्षेत्र बिच भलिबल केन्द्रको रुपमा घोषणा भएको छ । रानीमहल क्षेत्रमा पर्ने तानसेन नगर सरकार र बगनासकाली गाउँ सरकारले यहाँको क्षेत्रलाई ‘बिच भलिबल’ को केन्द्रका रुपमा घोषणा गरेका हुन् ।

पछिल्लो समय यहाँ विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन हुँदैै आएका छन् । २०७८ देखि रानीमहलको प्रंगणमा बिच भलिबल प्रतियोगिता हुुँदै आएको हो । निरन्तर बिच भलिबल प्रतियोगिता हुन थालेपछि यस क्षेत्रलाई बिच भलिबलको केन्द्रको रुपमा घोषणा गरिएको छ । रानीमहललाई खेल र पर्यटनसँग जोड्न नेपालमै पहिलो पटक ‘बीच भलिबलको केन्द्र’ घोषणा गरिएको छ ।

यहाँ खेल प्रतियोगिता आयोजना गर्न प्रशस्त सम्भावना पनि समेत रहेको छ । २०७८ मा यस क्षेत्रमा राष्ट्रिय महिला बिच भलिबल प्रतयोगिता भएको थियो । यस वर्ष पुरुषतर्फको राष्ट्रिय बिच भलिबल भएको प्रतियोगिता भएको छ । यसले पनि रानीमहल क्षेत्र खेल क्षेत्रको हव बन्ने आधार पुष्टि गरेको छ । भौतिक पूर्वाधारको थप व्यवस्था गर्न सके खेलको विकासमा यसले ठूलै फड्को मार्न सक्ने देखिन्छ ।

यहाँका दुुई स्थानीय सरकारले खेल क्षेत्रको सम्भावना देखेर रानीमहललाई बिच भलिबलको केन्द्रका रुपमा घोषणा गरेका हुन् । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानीमहललाई ‘बिच भलिबल’को हब बनाउने प्रतिवद्धता सहित ‘बिच भलिबल’केन्द्रको रुपमा घोषणा गरेका छन् । ‘रानीमहल क्षेत्र ’बिच भलिबल’को केन्द्र’ घोषणा गर्दै उनीहरुले आगामी दिनमा हुने प्रतियोगिताका लागि आवश्यक पूर्वाधार विकास निर्माण गर्ने बताएका छन् । दुवै स्थानीय तहले गरेको प्रतिवद्धतामा सञ्जय स्मृति प्रतिष्ठान, जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल संघ साक्षी बसेका छन् । दुवै स्थानीय सरकार प्रमुखले प्रतियोगिताका लागि पूर्वाधार निर्माणदेखि निरन्तरताका लगानी गर्ने बताएका छन् ।

रानीमहललाई ’बिच भलिबल’को हब बनाउनका लागि तानसेन नगरपालिकासँग मिलेर काम गर्न बगनासकाली पनि तयार रहेको अध्यक्ष दर्लामीले बताउनुुभयो । ‘हामी र नगरपालिका मिलेर काम गर्न तयार नै छौं,’ उहाँले भन्नुुभयो्, ‘भौतिक पूर्वाधार लगायतका क्षेत्रमा काम दुवै पालिका मिलेर गर्नुपर्छ ।’

रानीमहलमा अहिले पनि पाल्पा र बाहिर जिल्लाका दैनिक ५ सय बढी पर्यटक पुग्ने गरेको तानसेन नगरप्रमुख श्रेष्ठले बताउनुुभयो । ‘खेल र पर्यटनलाई जोडेर रानीमहल क्षेत्रमा विभिन्न खेलुकदका प्रतियोगिता गर्न सकिन्छ,’ उहाँले भन्नुुभयो । अघिल्लो वर्ष सञ्जय मेमोरियल फाउन्डेसनले महिलाहरुको राष्ट्रिय बिच भलिबल प्रतियोगिता गरेको थियो भने यस वर्ष पुरुषतर्फको राष्ट्रिय बिच भलिबल प्रतियोगिता गरेको छ ।

राष्ट्रिय पुरुषबिच भलिबलको उपाधि आर्मीलाई

चैत्र २८ गतेदेखि भएको राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

शनिबार सकिएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएको हो । उपाधिसहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँमा चित्त बुझाएको छ । अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

आर्मीलाई उपाधि जिताउन महत्वपूूर्ण भूमिका खेल्नुुभएका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुुभयो । सुनारले १० हजार रुपैयाँ प्राप्त गर्नुभयो । चैत २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरि ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि ९ टोली सहभागी थिए ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?