पोखरामा जलेर घाइते महिलाको निधन, पुरुष उपचाररत्

हिमालय टाइम्स
Read Time = 2 mins

कास्की । जलेर सख्त घाइते हुनुभएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति नै निधन भएको जानकारी दिनुभयो । सोही घटनामा जलेर घाइते हुनुभएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको उहाँको भनाइ थियो ।

“साधारण श्ययामा राखेर उपचार भइरहेको छ, कुनै जटिलता भएमा सघन उपचार कक्ष पनि तयारी अवस्थामा राखिएको छ”, निर्देशक खत्रीले भन्नुभयो । आइतबार जलेर घाइते भएको अवस्थामा दुवैलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पु-याएका थिए ।

आत्मदाह गर्ने प्रयास गर्नुभएका ४५ वर्षीय क्षेत्रीलाई बचाउन खोज्दा सापकोटाले उल्टै ज्यान गुमाउनुपरेको जनाइएको छ । क्षेत्री सापकोटाकै घरमा डेरा गरी बस्दै आउनुभएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवास तिमिल्सिनाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?