परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

बैतडी । बैतडीको मेलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

शुक्रबारदेखि सञ्चालन भएकाे एसईईलाई मर्यादित वातावरणमा सम्पन्न गर्नका लागि मणिलेक मावि काँडा, दुर्गा मावि खलिगाड र विजयपुर मावि तितावै आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताउनुभयाे । ती क्षेत्रहरुमा परीक्षा अवधिभर कसैले मदिराको कारोबार गरेमा कानुन अनुसार कारवाही गरिने नगरपालिकाले जनाएको छ ।

यस्तै परीक्षाको अवधिमा दैनिक उपभोग्य वस्तु तोकिएको दररेट भन्दा बढीमा विक्रि नगर्न आग्रह गरिएको छ । कसैले तोकिएको दररेट भन्दा बढीमा उपभोग्य वस्तु विक्रि गरेमा कारबाही हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?