नेपाल प्रेस यूनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्वाचित

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । नेपाल प्रेस यूनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्वाचित हुनुभएको छ ।

बुटबलमा सम्पन्न २१ औं साधारणसभा तथा ९ औं अधिवेशनले नेपालको नेतृत्वमा सर्वसहमत २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई निर्वाचित गरेको छ ।

यसैगरी सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी सहसचिव, र सह कोषाध्यक्षमा भुवन जिसी सर्वसहमत चयन हुनुभएको छ।

कार्यसमिति सदस्यहरुमा ललित पाण्डे, माधव पौडेल,सृष्टि अधिकारी भुसाल, हृदयराम गुप्ता, राहुल सापकोटा, कमला अर्याल, सुवास पौडेल, दिनेश पाण्डे, ललिता घिमिरे, तिर्सना पन्थी, सिर्जना भट्टराई, मिठू खान, जयस महमद खान र ज्ञान कुमारी विक निर्विरोध निर्वाचित हुनुभएको छ।

नेपाल प्रेस युनियन रूपन्देहीको २१ ओैं साधारणसभा तथा ९ ओैं अधिवेशनको बुटवलमा उद्घाटन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भ्रष्टाचारका घटनाको स्वतन्त्र र निश्पक्ष रुपमा छानबीन गर्नुपर्नेमा बताउनु भएको छ।
सभापति पुनले भ्रष्टाचार गर्ने जो कोही पनि छुट्न नहुने र निर्दोष फस्न नहुने भन्दै उनले पत्रकारले पनि सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताउनु भएको हो।
प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले तिनवटै तहका सरकारले बनाएका कानुनलाई युनियनले नजिकबाट नियालीरहेको भन्दै ती कानूनहरु प्रेस स्वतन्त्रता बिरोधी भए सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मिडिया हाउसलाई बचाउदै खोजी पत्रकारितातर्फ केन्द्रीत हुन पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्षहरु माधव अर्याल, जीवन भण्डारी,अनिल कर्ण, महासचिव दिलिप पौडेललेले सामाजिक सञ्जाल चुनैतीपूर्ण बनेको भन्दै ब्यवसायिकता र खोजमुलक पत्रकारिता अहिलेको आवश्यकता भएको बताउनु भयो । पत्रकार समाज प्रति उत्तरदायी हुनुपर्ने भन्दै उनिहरुले नियुक्तिको नाउमा पत्रकारले आलोचनात्मक चेतलाई मर्न दिन नहुने धारणा राख्नु भयो।

नेपाल प्रेस युनियन रूपन्देही सभापति रेखा भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सचिब परमानन्द भट्टराई,नेपाली कांग्रेस रूपन्देही २ का कार्यबाहक सभापति फर्शुराम ढकाल,रूपन्देही ३ का क्षेत्रीय सभापति शुसिल गुरूङ,महासमिति सदस्य बालकुमारी भण्डारी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे,महासंघका प्रदेश महासचिब बिक्रम खड्का, नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी,महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,प्रेस युनियन रुपन्देहीका संस्थापक सभापति बालनरसिंह गुरुङ, पुरस्कार छनौट समितिका संयोजक छविलाल पाण्डेलगायतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।

नेपाल, पोखरेल र पाण्डे पुरस्कृत

सो अवसरमा युनियनका पुर्व अध्यक्षहरु माधव नेपाल,भवानी प्रसाद पाण्डे र रामराज पोखरेललाई पुरस्कृत गरिएको थियो ।

जिपी कोइराला स्मृती पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार महासंघ रुपन्देहीमा अध्यक्ष तथा प्रेस यूनियन रुपन्देहीका पूर्व सभापती रामराज पोखरेललाई सम्मान गरिएको छ । यसैगरी वर्ष २०७९ लागि सोही शिर्षकको पुरस्कार पत्रकार भवानी प्रसाद पाण्डेले प्राप्त गर्नु भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?