चपसंघ हेटौंडाद्वारा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार र सम्मान घोषणा

Read Time = 2 mins

काठमाडौं । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार र सम्मान घोषणा गरेको छ । मकवानपुर शाखाले जेठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८० बाट वरिष्ठ पत्रकार राजन घिमिरेलाई प्रदान गर्ने भएको छ ।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको शनिबार बसेको कार्य समितिको बैठकले घिमिरेलाई नगद १० हजारसहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष कपिल खड्काले जानकारी गराउनुभयो । घिमिरे चलचित्र पत्रकार संघ नेपालका संस्थापक कार्यसमित सदस्यसमेत हुनुहुन्छ । उहाँ करिब तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

यस्तै सघले यो वर्षको चलचित्र पत्रकारिता पुरस्कार-२०८० बाट चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’लाई प्रदान गर्ने भएको छ । अधिकारीलाई नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरिनेछ । उहाँ मकवानपुरबाट नयाँ पत्रिकाका लागि पत्रकारिता गर्दै आइरहनुभएको छ ।

सोही अवसरमा मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा जम्न सफल कलाकारलाई सम्मानस्वरूप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यो वर्ष कलाकर्मी सम्मान-२०८० बाट कलाकार सुलेमान शंकर इकुलाई प्रदान गरिने संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?