नेपाली भाषा र सञ्चार संयन्त्र

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 15 mins

ढकाल सर-हलो कोइराला सर !
कोइराला- नमस्कार सर, आराम छु, सोही कामना है सर !
ढकाल सर-सर, नमस्कार, म पनि आराम छु र आरामी कामना गर्दछु । आज म तपाईंसँग लामै कुरा गर्ने मुडमा छु । तपाईंलाई फुर्सद छ कि छैन ?
कोइराला-पूर्ण फुर्सदमा छु, भन्नुस्, मैले जानेका कुरा भए मजाले संवाद गर्न तयार छु सर म । धेरै धन्यवाद सर । केही भए भ्याएर फुर्सदिलो बनेर बस्नोस् है त ।

ढकाल सर- हाम्रो देश हो कि नौटंकी देखाउने रंगशाला हो ? छिनछिन गठबन्धन हुन्छन् छिनमा गठबन्धन टुट्टछन् । राजा चाहिने र राजा नचाहिनेका चेहराको आवरण पनि हट्छ । घण्टीका पछि लागेका लोभीपापी कांग्रेसको पनि हविगत देखिन्छ । घण्टीधारी कि वाम कि राप्रपा भोट हाल्ने उरन्ठेउला कांग्रेस । भाषा केबल भाषाका प्राध्यापक या भाषाका शिक्षकको मात्रै कुरो हो कि ? सम्बद्ध भाषाका सबै वक्ताको इज्जत प्रतिष्ठाको कुरो हो ? नेपालका नेता, प्राध्यापक, शिक्षक, वकिल, डाक्टर, इन्जिनियर, रेडियो, टेलिभिजन सबैतिरको नेपाली भाषाका केही शब्दको उच्चारण सारै दिक्कलाग्दो छ भन्ने कुरो तपाईंलाई कति थाह छ ?

कोइराला-तपाईंका कुराभन्दा पनि प्रश्नले ओगट्न खोजेको क्षेत्रका सम्बन्धमा मैले शंका गरेँ तर आज म यी छेपारे चरित्रका नौटंकीबाजका सम्बन्धमा बोल्न चाहन्न है सर । भाषिक प्रयोग या उच्चारणका र त्यसको मर्यादाका सम्बन्धमा मात्रै बोल्छु है त । यसको ठीक-ठीक उत्तर त म दिन सकौँला-नसकौँला तर विश्वव्यापी मर्यादाको कुरो चाहिँ म भन्नसक्छु । भाषा भनेको प्रत्येक वक्ताका मनका भाव या कुरालाई अर्को श्रोता, पाठकका मनमा पुर्‍याउने एउटा माध्यम हो । बस, प्लेन, सानो गाडी, रेल, साइकल, मोटर-साइकल आदि जति पनि सम्बाहनका साधन छन् तिनकै जस्तो उपयोगको विषय हो भाषा पनि ।

शिक्षामन्त्री ‘ विद्यार्थी ’ भन्छ । कानुन व्यसायी ‘एन’ भन्छ । प्रध्यापक ‘पध्र्यापक’ भन्छ । श्रमिक ‘सर्मिक’ भन्छ । उद्योगमन्त्री भाषण गर्दा ‘उधोग’, ‘औधोगिक’ उधम भन्छ । पार्टीका कार्यकर्ता नेता ‘भाषण’ गर्र्दै ‘आदरनीये’ ‘अदच्छेज्यू’ भन्छन् ।

ती साधन चलाउन नजान्नेले दुर्घटना गराउँछन् । माल मान्छे टुंगामा या गन्तव्यमा पुर्‍याउन नसकेजस्तै भाषाले पनि वक्ता, लेखक, स्रष्टा आदिका कुरा श्रोता, पाठक या भावकका मनसम्म पुर्‍याउन सक्दैन । भाषाका कथ्य र लेख्य दुई तह हुन्छन् । भाषाको जीवन्त रूप भनेको कथ्य नै हो तर कथ्यमा अनेकता हुन्छ । अनेकताले अराजकता निम्त्याउँछ र भाषा हुनु र नहुनुको विभेद कम भएर अहिलेका पशुका अवस्थातिर मानव समाज पनि पुग्नसक्छ भनेर लेख्य भाषामा एउटा अनुशासन कायम गरिएको हो । त्यो अनुशासन सम्बद्ध भाषाका व्याकरणले केही नियमका माध्यमले कायम गराएका हुन्छन् । कोशले प्रचलित लेख्यभाषाका खिप्तिको मानक स्वरूप स्थापना गरेको हुन्छ । समाचार वाचकलाई सम्बद्ध संस्थाले मानक उच्चारणको तालिम दिने र अनुगमन गरेर गल्ती भएमा दण्डित गर्ने परम्परा बसाउनै पर्दछ ।

मैले आठ नौ कक्षा पढ्दा गोरखापत्र पढेर ह्रस्वदीर्घ, पदयोग पदवियोग र उच्चारण कक्षाकोठामा गुरुले सिकाउँथे । आज पनि कक्षामा गुरुले सिकाउँछन् आदर्श उच्चारण कस्तो हुन्छ भनेर तर देशका अनेकौं निकायमा विदेशीका नक्कली शिष्य भएका हुनाले नेपाली भाषाको यो दुर्गति भएको हो है सर । शिक्षामन्त्री ‘विद्यार्थी’ भन्छ । कानुनव्यसायी ‘एन’ भन्छ । प्रध्यापक ‘पध्र्यापक’ भन्छ । श्रमिक ‘सर्मिक’ भन्छ । उद्योगमन्त्री भाषण गर्दा ‘उधोग’, ‘औधोगिक’ उधम भन्छ । पार्टीका कार्यकर्ता नेता‘ भाषण’ गर्र्दै ‘आदरनीये’ ‘अदच्छेज्यू’ भन्छन् । लाजै नमानीकन मेरो नेपाली विषय होइन, म राजनीतिको, म अर्थशास्त्रको, म पपुलेसनको, म भूगोलको भन्छन् तर बेलायत अमेरिकाबाट पढेर आएका हुन् कि नेपाली विद्यालय महाविद्यालय र विश्वविद्यालयमा पढेका पनि लाजै नमानीकन भन्छन् ।

ढकाल सर-हो सर, विदेशतिर त आफ्नो मातृभाषाका वक्ताले गल्ती भयो भनेर चाल पाए भने खेद मान्छन् । त्यो ठूलो अपराध गरेको बोध गर्दछ । यो संस्कार संस्कृति हाम्रा देशमा कहिले कसले बसाउला भनेर हामीले छातीमा ढुंगो राखेर बस्नुपर्ने गराए । चिनियाँले आफ्नै भाषामा ज्ञानविज्ञान, दर्शन जस्ता विषयको पठनपाठन चलाएर पनि ग्रहउपग्रह चहार्न सक्ने तर हामी चाहिँ पढेलेखेको गनिनका लागि मात्र पनि जिब्रो बटारेर अंग्रेजी नै सिक्नुपर्ने, बोल्नुपर्ने । होटलका नाम, विद्ययालयका नाम, सडकका नाम पनि अंग्रेजीकरण गरिएका छन् । दरबार स्क्वायर, न्यूरोड, फ्लोरेन्स स्कुल, सर्टिफिेकेट, हृयाप्पी बर्थडे । एनिभर्सरी आदि आदि ।

म अर्थशास्त्रको प्राध्यापक, मलाई माध्यमिक तहमा र इन्टर (उत्तरमध्यमा) तहमा पढाउने गुरुले पढाएका व्याकरणका नियमको स्मरण मात्रबाट पनि लेखेको भाषा तपाईं पनि राम्रो छ भन्नु हुन्छ त । अलिकति ध्यान दिएर लेख्ने हो भने शुद्ध हुनेरहेछ नि । मंगलबारका हिटामा मेरो लेख पनि छापिन्छ । केही त सम्पादकले मिलाउलान् तर पनि तपाईंको भाषा अशुद्ध छ भनेर मलाई पत्रिकाका सम्बद्ध मान्छेले भनेका छैनन् । अघि मैले आइए, इन्टरमिडियट तह, बीए तह भने यिनलाई पनि नेपालीमा प्रवीणता प्रमाणपत्र तह, शास्त्री तह र आचार्य तह भनेर नेपली शब्द बनाइसकेर पनि विश्वविद्यालयले पनि तिनलाई अंग्रेजीकरण नै गरेर बोल्ने प्रचलन रहेको देखिन्छ ।

ज्ञानविज्ञान, दर्शन गणित जस्ता विषयमा ज्ञान प्रविधि हुन्छ भने भाषासाहित्यमा चाहिँ भाषिक दक्षता र नव नव कल्पनाशक्ति रहेको हुन्छ भन्ने त बुझ्नुपर्ने हो नि हाम्रा राष्ट्रसञ्चालकले पनि । पद प्रतिष्ठा र द्रव्य हत्याउनेभन्दा अर्को हाम्रा सांसद मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति कसैलाई पनि आवश्यक छ जस्तो देखिँदैन । हिजोआज देशमा घटेका घटनालाई मात्रै हेर्ने हो भने पनि स्वाभिमानी बनेर खस्रोमसिनु जुरेको खानुभन्दा चरणमर्दन गरेर पनि सत्ता र शक्तिमा पुग्ने प्रवृत्ति नै आदर्श बनेको देखिएन र ? हाम्रो नेपालीमा सन्त या ऋषि भनिने खालका व्यक्तिलाई अंग्रेजीमा ‘सेन्ट’ भन्छन् । ऋषि भन्यो कसैले कसैलाई भने अपमान गरेको ठान्न थाले ।

गुरुभन्दा सर भनेको राम्रो मान्न थाल्यौँ हामी नै पनि । संसारकै भाषा जान्नु आवश्यक छ र सिक्नु पनि पर्छ । विश्वबजारमा हाम्रा मान्छे गए भने पो हामी पनि फैलन्छौँ र विविध कुरा सिक्न पनि सक्छौँ । आज विश्वग्रामको कल्पनासमेत गर्न लागिएको छ । हाम्रा देशमा त अंग्रेजी पनि र नेपाली पनि शुद्ध मानक उच्चारण गर्न र लेख्न नसक्ने मान्छे पो उत्पादन गर्न लागेका छौँ त । मलाई रोहिणी गुरुले नेपाली भाषा सिकाउनु भएको थियो । आज पनि म नेपाली भाषाका माध्यमले जस्तो विषय पनि शुद्ध लेख्न सक्छु भन्ने कुरामा विश्वस्त छु ।

चित्रबहादुर केसी, एञ्जिला लामिछाने, ममता थापा, श्रद्धा अर्याल, प्रभा थापा, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, डा.प्रकाशशरण महत, उपेन्द्र यादव, योगेश भट्टराईजस्ता व्यक्तिका उच्चारण अनादर्श बनेका भेटिए । यिनले नेपाली भाषा लेखे भने निश्चय नै ६० देखि ७० प्रतिशत अशुद्ध हुनसक्छ ।

कोइराला–एकदम सही कुरो हो सर, पढेका विषय सिकेका विषयमा पनि नसक्ने हो भने त विद्यालय महाविद्यालय त अर्थहीन भएनन् र ? धेरै मान्छे कस्ता छन् भने आफूलाई ठूला हैसियतका पद चाहिने तर जीवनभरि ढंगमरु भएर बस्ने । मैले त सर विश्वविद्यालयमा पनि चार लाइन शुद्ध लेख्न कुनै पनि भाषामा नसक्नेले पनि प्राध्यापक पड्काएको देखेको छु । जीवनमा कहिल्यै चकडस्टर लिएर कक्षाकोठामा नगएको मान्छे प्राध्यापक संघको भाले अध्यक्ष बनेको देखेकै हो । राजनीतिका क्षेत्रमा राम्रो काम नगरेका मान्छे पटक-पटक देशका ठूला मान्छे भएका र ठूला ठाउँमा पुग्नेबित्तिकै भएको प्रथा र संस्कार संस्कृति भत्काउने काम गर्ने पनि बडेबडे छन् त हाम्रा देशमा ।

आज बिहान म एउटा विद्युतीय श्रव्यदृश्य संयन्त्र खोलेर समाचार हेर्नेसुन्ने काम गर्दै थिएँ । त्यहाँ समाचार वाचक र अर्को ठूलो राजनीतिकर्मी दुवैले गरेको उच्चारण- पविर्ति शायद प्र्रवृत्ति भनेको होला, शिक्छ्या शायद शिक्षा भनेको होला । सर्मबजार शायद श्रमबजार, भनेको होजस्तो लाग्यो । अर्का एकजना आए जखमले उनले सिधा विष बिधालय, बिधालए, विद्यार्थी, आँकलन, भनेको सुनेपछि म कलम कापी लिएर विचलित उच्चारण गन्न र टिप्न लागेँ ।

तीन दिन बिहान बिहानका समाचार फरक समयका तीनवटा प्रख्यात समाचार प्रशारण सुनेँ र टिपेँ जसको परिणाम यस्तो आयो:-विधुतीय>विद्युतीय, विधालये>विद्यालय, एन>ऐन, विद्यार्थी>विद्यार्थी, सर्मबजार>श्रमबजार, उधोग+उधोगिक>उद्योग, औद्योगिक जस्ता विचलन चित्रबहादुर केसी, एन्जिला लामिछाने, ममता थापा, श्रद्धा अर्याल, प्रभा थापा, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, डा. प्रकाशशरण महत, उपेन्द्र यादव, योगेश भट्टराईजस्ता व्यक्तिका उच्चारण अनादर्श बनेका भेटिए । यिनले नेपाली भाषा लेखे भने त्यो निश्चय नै ६०/देखि ७० प्रतिशत लेखाइ अशुद्ध हुनसक्छ । यस प्रकारका मान्छे हाम्रा आदर्श बनेर दिनहुँ सञ्चारमा आउँछन् ।

कुनै औपचारिक कार्यक्रममा पनि अतिथि या त मुख्य अतिथि बनेर गजधम्म भएर बस्न सक्छन् । साना भर्खर भाषा लेख्न उच्चारण गर्ने कला सिक्दै गरेका बालबालिकाले यिनले गरेको उच्चारणलाई आदर्श मानेर अनुकरण गरे भने के होला अनुमान गरिहेरौँ त ।

अत्यधिश्रअत्याधिक, ऐतिहासिकश्रएतिहासिकश्र स्नातकोत्तरश्रस्नाकोतर, स्नातकश्रअस्नातक, सनातक जस्ता उच्चारण पनि सुन्नुपर्छ । अटिन्छश्रआटिन्छ जस्ता अमानक उच्चारण सुन्दा रहेछन् । यी त प्रतिनिधिमूलक उच्चारणमात्रै हुन् । मैले लगातार चारपाँच दिनसम्म भेटेसम्म ठूलाबडा भनाउँदाका बोली टिपेर प्रतिनिधिमूलक हुनेगरी मात्रै तपाईंलाई सुनाएको हुँ ढकाल सर ।
ढकाल-
हवस त कोइराला सर, तपाईंलाई धेरै धेरै धन्यवाद । लामो कुरा भयो । अब फेरि फेरि पनि यस्तै विचलन या अमानक लेखन, पठन र उच्चारणका सम्बन्धमा छलफल गरौँला । हवस धन्यवाद ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
राम शर
राम शर
2023-03-01 8:38 am

अहा

devibhakta dhakal
devibhakta dhakal
2023-03-01 8:49 am

तीन दिन बिहान बिहानका समाचार फरक समयका तीनवटा प्रख्यात समाचार प्रशारण सुनेँ र टिपेँ जसको परिणाम यस्तो आयो:-विधुतीय>विद्युतीय, विधालये>विद्यालय, एन>ऐन, विद्यार्थी>विद्यार्थी, सर्मबजार>श्रमबजार, उधोग+उधोगिक>उद्योग, औद्योगिक जस्ता विचलन चित्रबहादुर केसी, एन्जिला लामिछाने, ममता थापा, श्रद्धा अर्याल, प्रभा थापा, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, डा. प्रकाशशरण महत, उपेन्द्र यादव, योगेश भट्टराईजस्ता व्यक्तिका उच्चारण अनादर्श बनेका भेटिए । यिनले नेपाली भाषा लेखे भने त्यो निश्चय नै ६०/देखि ७० प्रतिशत लेखाइ अशुद्ध हुनसक्छ । यस प्रकारका मान्छे हाम्रा आदर्श बनेर दिनहुँ सञ्चारमा आउँछन्

नेपाली भाषालाई सुदृढीकरण गर्ने थालनीको रुपमा प्रकाशित प्रा.डा .कुलप्रसाद कोइरालाज्यूको विचारउत्तेजक लेख यसरी मसंग भएको वार्तालापबाट आउला भन्ने अनुमान पनि
थिएन।आज यो आलेख आद्योपान्त पढ्दा हामी आर्थिक रुपमा मात्रै हैन भाषिक रुपमा पनि दरिद्र भएको पुष्टि भयो।भाषाका विद्वान् हरुबाट यसरी अशुद्ध भाषिक लेखन र प्रवचन प्रति यदि कटाक्ष शुरु भयो भने पक्कै पनि सुधार हुन्छ कि भन्ने विश्वास जाग्रत गरेको छ।अशुद्ध बोली र लेखन प्रति गर्व हैन ग्लानी गर्ने अवस्था मात्रै सिर्जना हुनसके लेखकको उकुसमुकुसले राहतको अनुभव गर्ने थियोे ।आदरणीय गुरु कुलप्रसाद कोइरालाज्यूलाई यो अभियानमा सफलता मिलोस।हार्दिक शुभकामना ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?