ग्रिनल्याण्ड र भ्याली पब्लिक फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्रिनल्याण्ड र भ्याली पब्लिक छैटौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । थ्री बाई थ्रीको प्रतिस्पर्धामा ग्रिनल्याण्डले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २१-६ तथा भ्याली पब्लिकले एचएचसिएलाई ११-५ ले पराजित गर्‍यो ।

बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा भ्याली पब्लिक र पृथ्वीले उपाधि भिडन्त पक्का गरे । भ्याली पब्लिकले फेरिल्याण्डलाई ३०-१४ ले पराजित गर्‍यो । भ्याली पब्लिकको जितमा मुस्कान गुरुङले १० अंकको योगदान गर्नुभयो । बबिता घिमिरेको १३ अंकको सहयोगमा पृथ्वीले एचएचसिएलाई २४-१७ ले हरायो ।

एन्जल्स हार्ट र गोल्डेनपिक जुनियर ब्वाइजको उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले आयोजक बिएनएलाई २१-१४ ले पाखा लगायो । एन्जल्स हार्टका रूपेश पौडेलले १३ स्कोर गर्नुभयो । स्किब्सविरुद्धको खेलमा गोल्डेनपिक २३-१५ ले विजयी भयो । गोल्डेनपिकका अमन गुरुङले ९ अंक जोड्नुभयो । तीनै स्पर्धाको फाइनल मंगलबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?