शरणार्थी प्रकरण : पूर्वसांसद शेर्पाको बयान लिइँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग आज बयान लिइने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका उहाँको आज बयान लिइन लागिएको हो ।

यसअघि सो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १३ जनासँग बयान लिएको थियो ।

प्रहरी परिसर काठमाडौंको हिरासतमा रहनुभएका शेर्पाबारे अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंगलबार दुई दिनको म्याद थपेको छ ।

शेर्पाले गत सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो । उहाँविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?