स्पेनका ८४ वर्षीय कार्लोसको धौलागिरी आरोहणको १३औं प्रयास पनि असफल

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । स्पेनका ८४ वर्षीय कार्लोस सोरिया फोन्तेनको विश्वकै सातौं अग्लो धौलागिरी प्रथम हिमाल आरोहण गर्ने १३ औं पटकको प्रयास पनि असफल भएको छ ।

म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा पर्ने ८ हजार १ सय ६७ मिटर हिमालको चुचुरोमा पुग्ने क्रममा अचानक दुर्घटनामा परेपछि १३ औँ प्रयास असफल भएको हो ।

चुचुरोमा पुग्ने क्रममा तेस्रो क्याम्पबाट उक्लने क्रममा अचानक दुर्घटनामा परेपछि गाईडले तेस्रो क्याम्पमतर्फ ल्याउने बताइएको छ ।

सन् १९९८ मा पहिलो पटक आरोहण प्रयास गरेका कार्लोसको यो १३ औँ प्रयास हो । क्याम्पको तेस्रोतहसम्म पुगेका कार्लोस अचानक प्रतिकुल मौसमका कारण रोकिनुपरेको जेष्ठ पर्वतारोही कार्लोसलाई धौलागिरि आरोहण गराउन लिएर गएको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले पुष्टि गर्नुभएको छ ।

स्पेनबाट धौलागिरि आरोहणका लागि बिदाई हुनु अघि कार्लोसले भनेका भन्नुभएको थियो “उमेरको कीर्तिमान राख्न होईन की पर्वतारोहणको आनन्दको निरन्तरताका लागी धौलागिरि आरोहणमा जाँदैछु ।”

तर पनि कार्लोसको धौलागिरी प्रथमको चुचुरो चुम्ने धोको अधुरै रहने भएको छ । बुधबार बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाईते भएपछि उनको धौलागिरिको चुचुरोमा पाईला राख्ने १३ औं प्रयास असफल बनेको हो ।

दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको छ । कार्लोसको फेसबुक पेज अनुसार बधुबार राती धौलागिरी चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धारगरी क्याम्प तीनमा झारेको तथा होलिकोप्टरबाट उद्धार प्रयास भइरहेको उल्लेख छ । कार्लोस सहकर्मी कार्कोभिल्लाको साथमा धौलागिरि आरोहणका लागी मार्च २४ मा स्पेनबाट बिदा भएका थिए । सन् २०२१ सेप्टेम्बर १४ तारेखमा पनि १३ औं प्रयासमा कार्लोस धौलागिरिको ७ हजार १ सय मिटर उचाईको तेस्रो क्याम्प फिक्स गरेपछि धौलागिरिको मौसम अचानक बिग्रेपछि आरोहण त्यागेर फर्किनुभएको थियो ।

कार्लोसले यस अघि नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कन्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरी विश्व रेर्कड राख्नुभएको छ ।

मंगलबार मात्रै उहाँले आफ्नो फेसबुकमा ७ हजार २ सय मिटर उचाईमा पुगेको र मिकेल शेर्पा सहितको टोलीबाट राम्रो साथ भएको उल्लेख गर्नुभएको थियो । गत वर्ष कार्लोस ७ हजार मिटरको उचाइमा रहेको पहिलो क्याम्पमा पुगेर फर्किनुभएको थियो । उहाँले धौलागिरीको चुचुरोमा पुगेपछि आफ्नो हिमाल आरोहणको यात्रा विश्राम नजिक पुग्ने भन्दै यसपटक अनुकुल समय र स्वास्थ्यले समेत साथ दिएको बताउनुभएको थियो ।

पछिल्लो केहीदिन यताको प्रतिकुल मौषमका कारण आरोहणमा निस्किएका आरोहीलाई समस्या भएको छ । सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा आरोहणमा निस्किएको पासाङ शेर्पाले जानकारी दिनुभयो ।

सन् २००१ मा सगरमाथा आरोहण गरेका कार्लोसले नेपालकै चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंघा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरी विश्व रेकर्ड भने बताउनुभएको छ । । १४ वटा अग्ला हिमालमध्ये २ वटा म्याग्दी सहित नेपालमा ८ वटा पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । हालसम्म विश्वमा ज्येष्ठ नागरिकले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?