सन्दीपको वरीयता यथावत्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) तर्फको बलिङ वरीयता यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप १९औँ स्थानमा कायम रहनुभएको छ ।

बलिङतर्फ नेपालका अर्का खेलाडी सोमपाल कामी ६७औँ स्थानमा यथावत् रहँदा दीपेन्द्र सिंह ऐरी ५५औँ स्थानमा कायमै रहनुभएको छ । अर्का तीव्रगतिका बलर करण केसी ९०औँ स्थानमा यथावत् रहनुभएको छ ।

ब्याटिङतर्फ भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ६७औँ स्थानमा यथावत् रहनुभएको छ । ब्याटिङतर्फ नै ओपनर ब्याटर आसिफ शेख ७४औँ स्थानमा कायमै रहनुभएको छ । नेपाल भने १४औँ स्थानमा कायमै रहेको छ ।

नेपालभन्दा पछाडि नेदरल्याण्ड्स, ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् । अष्ट्रेलिया वरीयताको शीर्षस्थानमा रहँदा पाकिस्तान दोस्रो, भारत तेस्रो र न्युजिल्याण्ड चौथो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?