काठमाडौं । चलचित्र ‘बद्री बहादुर : मिस्टर संखुवासभा’को प्रदर्शन मिति घोषणा गरिएको छ । शोभित बस्नेतद्वारा निर्देशित यो चलचित्र आगामी चैत २३ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । प्रदर्शन मितिसहित चलचित्रको बुधबार सार्वजनिक एउटा पोष्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नुहोला’ भनेर उल्लेख गरिएको छ, जसले फिल्म हाँस्य प्रधान रहेको जनाउँछ ।
सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्यसमेत रहनुभएकाका रवि अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्र एवी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । चलचित्रमा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य र वर्षा चौलागार्इंको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत रहनुभएको छ ।
विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे चलचित्रको निर्मातामा हुनुहुन्छ । विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समीर मियाँको सम्पादन छ चलचित्रमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच