अन्नपूर्ण गाउँपालिकामा अनलाइनमार्फत् राजश्व सङ्कलन सुरु

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । राजश्व संकलनलाई पारदर्शी र व्यवस्थित बनाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनमार्फत राजश्व संकलन कार्य सुरु गरेको छ ।

अनलाइन मार्फत् राजश्व सङ्कलन कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनका लागि गाउँपालिकाले राजश्व शाखाका प्रमुख नविन भट्टलाई तालिम लिइ पठाएको थियो । उहाँले तालिम लिएर आएपछि वडा सचिव र गाउँपालिकाका अन्य कर्मचारीहरुलाई समेत आधारभूत तहको तालिम प्रदान गरेपछि गाउँपालिकाले अनलाइनमार्फत् राजश्व संकलन गर्न सुरु गरेको हो ।

महालेखा परिक्षकको कार्यालयले लेखा व्यवस्थापनमा प्रयोगमा ल्याएको सुत्र सफ्टवेयरकै उपयोग गरेर अन्नपूर्णले गाउँपालिका र वडा कार्यालयहरु मार्फत् संकलन हुने राजश्व अनलाइन मार्फत् सङ्कलन गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीकाअनुसार मंगलवारदेखि गाउँपालिकाले सुत्र सफ्टवेयरमा रहेको रेभिन्यु मोडलमा आधारित रहेर कम्प्युटर प्रणालीबाट राजश्व सङ्कलन गर्न सुरु गरेको हो । मंगलवार (असार १९ गते ) सम्म रु १ करोड ४५ लाख राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँपालिका र वडाबाट सङ्कलन हुने राजश्वमा हस्तलिखित रसिद पूर्ण रुपमा हटाइएको छ ।

गाउँपालिकाले अनलाइन मार्फत राजश्व सङ्कलन सुरु गरेसंगै गाउँपालिकाको राजश्व संकलन एकद्धार प्रणालीमा गएको छ भने राजश्वको अवस्था र प्रतिवेदन समेत व्यवस्थित हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले अब छिटै नै वडा सचिवहरुलाई कम्प्युटरमा आधारित राजश्व संकलन र व्यवस्थापन सम्बन्धमा पुनः दोस्रो चरणको तालिम प्रदान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक बरामद परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न ४ बजेसम्म खुल्ने सम्भावना खेतमा बेसार, किसानलाई बजारको चिन्ता मतदाता नामावली अद्यावधिक : काभ्रेमा दुई हजार ६०० मतदाता घटे रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने ट्रम्पको घोषणा, जेलेन्स्कीको आपत्ति काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने