काठमाडौंमा राहत शिक्षकहरुको आन्दोलन जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राहत शिक्षकहरुले संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलन जारी राखेका छन् ।

गत बुधवारदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित भएर आन्दोलनमा उत्रिएका थिए । तर पछिल्लो केही दिन यता भने राहत शिक्षकहरु मात्रै आन्दोलनमा छन् ।

सरकारले गत शुक्रवार आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघसँग आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न ७ बुँदे सहमति गरेसँगै अन्य शिक्षकहरु भने आन्दोलनमा छैनन् । उक्त सहमतिमा राहतको शिक्षकहरुको माग सम्बोधन नभएपछि उनीहरुले आन्दोलन जारी राखेका छन् ।

उनीहरुले आन्दोलनका कार्यक्रम फरक ढंगले गर्दै आइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?