उपमेयर कप महिला कराँते शनिबार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शंखडोल कराँते एकेडेमीको आयोजनामा प्रथम गोकर्णेश्वर उपमेयर कप महिला कराँते प्रतियोगिता शनिबार हुने भएको छ । ‘महिला हिंसा तथा दुव्र्यसनीविरुद्ध कराँते’ अभियानअन्तर्गत हुन लागेको प्रतियोगितामा १५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारञ्जितले जनाउनुभएको छ ।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा जम्मा आठ स्पर्धामा खेल हुनेछ । ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, खुला, एकल काता, टिम काता र टिम फाइटमा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः एक हजार ५००, एक हजार र पाँच–पाँच सय नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एकदिने प्रतियोगिताका खेलहरू गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा खेलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?